टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

761

भक्तपुर, ३० मंसिर । टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रेपलान्चोकको रोशी गाउँपालिका-१०  घर भई गठ्ठाघर बस्ने २३ वर्षीय विशाल मैनाली छन् । गएराति १०:४७ बजे मध्यपुर थिमी नगरपालिका-२ सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र अगाडि बहाखाबाट आउँदै गरेको बा ४ ख २३४७ नम्बरको टिपरले विपरित दिशातर्फ जाँदै गरेको बा ९२ प ५५३१ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट विशाल गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि नागरिक अस्पताल गठ्ठाघर पुर्‍याइएकोमा गएराति ११:२१ बजे मृत्यु भएको हो । टिपर चालक धादिङको थाक्रे गाँउपालिका-७ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका-८ सिपाडोल बस्ने ४२ वर्षीय सुरेश तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर  प्रहरी वृत्त ठिमीमा राखेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर