प्रदेश सभा सदस्य अभिराम शर्मालाई जन्मकैद

प्रदेश सभा सदस्य अभिराम शर्मालाई जन्मकैद

719

काठमाडौँ, २८ मंसिर ।  कर्तव्य ज्यानसम्बन्धी मुद्दामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट मधेस प्रदेशको प्रदेश सभा सदस्य अभिराम शर्मालाई जन्मकैदको सजाय सुनाइएको छ ।

मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्याको अभियोगमा बिहीबार महोत्तरी जिल्ला अदालतले शर्मासहित ७ जनालाई जन्मकैदको फैसला सुनाइएको हो । जलेश्वर निवासी शर्मा लालबाबु राउत मन्त्रिपरिषद्मा मधेस प्रदेशको सामाजिक विकास राज्य मन्त्री पनि बनेका  थिए ।

कुल २८ जनालाई प्रतिवादी बनाइएकामा ७ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । अदालतले प्रदीप साह माझी, सञ्जयकुमार साह, मोहन ठाकुर, शंकर शाही भन्ने रामशंकर मिश्र, अभिराम शर्मा, सुरेश पाण्डे र धर्मेन्द्र रायलाई जन्मकैदको फैसला सुनाएको हो ।

तपाईको बिचार