चितवन, २७ मंसिर । बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।
४१ वर्षीय रामशरण चेपाङको हत्या गरेको आरोपमा इच्छाकामना गाउँपालिका–३, चुम्लिङटार बस्ने २१ वर्षीय सुनिल चेपाङलाई प्रहरीले पक्राउ गरेको छ ।सुनिलले सामान्य विवाद हुँदा ढुंगाले प्रहार गर्दा गम्भीर घाइते भएका रामशरणको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय मुग्लिङ र अस्थायी प्रहरी पोष्ट फिस्लिङबाट खटिएको प्रहरीले सुनिललाई मंगलबार साँझ पक्राउ गरेको हो ।
तपाईको बिचार