काठमाडौँ, २२ मंसिर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हाल देखिएको नागरिकको आक्रोश व्यवस्थाप्रति नभएको बताएका छन् ।
बाजुराकी कांग्रेस नेतृ रिता शाहीद्वारा लिखित ‘चिनारी’ गजल संग्रह शुक्रबार काठमाडौंमा विमोचन गर्दै नेता कोइरालाले आक्रोशलाई सम्बोधन गर्न पार्टीहरुले आचरण र व्यवहारमा परिवर्तन गर्न जरुरी रहेको बताए । ‘हामीहरुको क्रियाकलापले यी आक्रोशहरु निम्तिएका हुन् भन्ने मलाई लाग्छ’, नेता कोइरालाले भने, ‘हामीले गर्न नसकेकका कामहरु, गलत कामहरु, जुन भइरहेका छन् । त्यसको आक्रोश अहिले आइरहेको छ ।’
निर्वाचन अघि वा निर्वाचन पछि गठबन्धन गर्ने गम्भीर विषय भएको कोइरालाले बताए । ‘कम्युनिष्टसँग गठबन्धन गर्दै गयौं भने हाम्रो अस्तित्व समाप्त भएर जान्छ’, उनले भने ।
तपाईको बिचार