मधेसी जनताको अधिकार प्राप्तिको सङ्घर्ष जारी छ : नेता महतो

मधेसी जनताको अधिकार प्राप्तिको सङ्घर्ष जारी छ : नेता महतो

717

सप्तरी, ३ कार्तिक ।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले मधेसी जनताका अधिकार प्राप्तिको सङ्घर्ष जारी रहेको बताएका छन् ।

लोसपा नेपाल जिल्ला कमिटी सप्तरीद्वारा राजविराजमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले मधेस विद्रोहबाट प्राप्त अधिकारको संरक्षण गर्नुपर्नेमा जोड दिए । नेता महतोले सङ्घीय शासन प्रणाली कार्यान्वयन भएको सात वर्षको अवधिमा जनअपेक्षाअनुसार काम नभएको गुनासो गरे ।

तपाईको बिचार