मुसहर बस्तीका दलित र विपन्नलाई कपडा वितरण

मुसहर बस्तीका दलित र विपन्नलाई कपडा वितरण

773

बारा, १ कार्तिक । कुशल व्यवसाय परामर्श तालिम केन्द्रले चन्द्रपुर नगरपालिका वडा नं ४ सन्तपुरमा धुर्मुस सुन्तली फाउन्डेसन द्वारा निर्मित मुसहर बस्तीका बालबालिका तथा सुत्केरी महिलाहरूलाई लत्ताकपडा वितरण गरेको छ ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सोमवार ९३ जना बालबालिका र ९७ जना महिला÷पुरुष, र ११ जना सुत्केरी महिला र नाबालक बच्चाको लागि ३७८ थान नयाँ लत्ताकपडा वितरण गरेको हो । हिन्दु धर्मालम्बीहरुको महान् पर्वको अवसरमा मुसहर बस्तीका गरिब, दलित तथा विपन्न समुदायका महिला तथा बालबालिकाहरू नयाँ कपडा लगाउनबाट वञ्चित नहुन् भन्ने उद्देश्यले संस्थाले सो कार्यक्रमको आयोजना गरेको जनाइएको छ ।

धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्मित मुसहर बस्तीमा बस्दै आएकी अमृता माझीले पनि चाडबाडमा सबैले बिर्सिएको दलित, मुसहर बस्तीका परिवारलाई सम्झेर कुशल व्यवसाय परामर्शले कपडा वितरण गरिएको खुसी व्यक्त गरेकी थिइन् । सो कार्यक्रममा मुसहर बस्ती व्यवस्थापन समितिका अध्यक्ष सन्तलाल माझीले ५१ घरपरिवारलाई नयाँ कपडा वितरण गरेका थिए ।

तपाईको बिचार