बागमती प्रदेशसभा बैठक बस्दै

बागमती प्रदेशसभा बैठक बस्दै

756

हेटौँडा, ३० भदौ । बागमती प्रदेशसभा आज बस्दै छ ।  बिहान ११ बजे बैठक बस्ने बागमती प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ ।

सचिवालयका अनुसार आजको बैठकमा विशेष समयको कार्यसूची रहेको छ भने सोही बैठकमा प्रदेशसभामा पेस भएका विद्येयकहरुलाई संसदीय समितिमा पठाउने कार्यसूची रहेको छ । प्रदेशसभामा पेस भएका विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०८० र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमाथि दफावार छलफल तथा संशोधनका लागि समितिमा पठाइने छ । बैठकमा शोक सभा समेत रहने छ । संविधान सभा अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास चन्द्र नेम्वाङको निधन प्रती शोक प्रस्ताव पारित गर्दै शनिबारको बैठक स्थगित हुने बताइएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर