भक्तपुर, २७ साउन । भक्तपुरमा माधवकुमार नेपालले नेतृत्व गरेको एकीकृत समाजवादी पार्टीका तीन दर्जनभन्दा बढी युवाहरुले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
नेकपा एमालेको ‘मुल घरमा नै फर्क’ अभियान अन्तरगत आज जिल्लाका तीन दर्जनभन्दा बढी युवाहरुले सामुहिक राजिनामा दिई एमालेमा नै फर्कने तयारी गरेका छन् । एकीकृत समाजवादी पार्टी जिल्ला कमिटी सचिवालय सदस्य तथा युवा संघ नेपालको केन्द्रीय अनुशासन आयोगको प्रमुख दिपक थापाको नेतृत्व तथा पहलमा तीन दर्जनभन्दा बढी युवाहरुले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । नेकपा एस परित्याग गरी एमालेमा फर्कने तयारीमा रहेकाहरुमा युवा संघ, अनेरास्ववियुलगायतका केन्द्र, जिल्ला तथा स्थानीय तहका युवाहरु रहेका छन् । राजिनामा दिनेहरुमा युवा संघका केन्द्रीय सचिवालय सदस्य तथा भक्तपुर इन्चार्ज तेजबहादुर श्रेष्ठ, रञ्जन मोहन सैजु केन्द्रीय सदस्य तथा भक्तपुर अध्यक्ष, दिवस वैद्य केन्द्रीय सदस्य, सञ्जीव लामिछाने अनेरास्ववियु जिल्ला अध्यक्षसहित जिल्ला, स्थानीय तहका अध्यक्ष, पदाधिकारीहरु सहित तीन दर्जनभन्दा बढी युवाहरुले सामुहिक राजिनामा दिएका छन् ।
आज सामुहिक राजिनमा दिँदै निकालिएको विज्ञप्तीमा भनिएको छ, ‘आज मिति २०८०/०४/२७ गतेका दिनबाट हामीहरु नेकपा एकीकृत समाजवादीको सवै जिम्मेवारी त्यागी पार्टी र संगठनको साधारण सदस्यता समेत नरहने गरी सामुहिक राजिनामा दिएका छौं ।’
सामुहिक राजिनामा दिनेहरुको सूची


तपाईको बिचार