नेप्सेमा पहिरो

नेप्सेमा पहिरो

817

काठमाडौं, २१ साउन । आज सेयर बजार मापक नेप्से परिसूचक १.८३ प्रतिशतले घटेको छ । आज नेप्से ३८.३७ अंकले घटेर २०५१.४७ को विन्दुमा झरेको छ ।

आज २६५ धितोपत्रको ८० लाख सात हजार ३६१ कित्ता सेयर दुई अर्ब ६ करोड ७१ हजार ४८ हजारर २३४ रुपैयाँमा किनबेच भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स पनि १.८८ प्रतिशतले घटेर ३९२.०२ विन्दुमा झरेको छ । आज १३ वटा उपसमूहमध्ये सबै उपसमूहको समूहगत परिसूचक ओरालो लागेको छ । यसदिन सर्वाधिक गुमाउनेमा होटेल तथा पर्यटन उपसमूहका लगानीकर्ता रहेका छन् । यसदिन उक्त उपसमूहको सूचक सर्वाधिक ३.५९ प्रतिशतले घटेको छ ।

आज आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेर प्रतिकिक्ता ५८२.४० रुपैयाँ कायम भएको छ । प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य सर्वाधिक ९.५९ प्रतिशतले घटेको छ ।

तपाईको बिचार