काठमाडौँ, २० साउन । काठमाडौं महानगरपालिकाले अहिले सामाखुशी नदीमाथि बनाएको कंक्रिट ढलान (स्ल्याब)सहितको संरचना धमाधम हटाइरहेको छ । बसुन्धराबाट रेर्डन क्याम्पससम्म सामाखुशी खोला माथि रहेको संरचना हटाइरहेको हो ।
१ साउनदेखि खोलामाथिको संरचना हटाउने काम यो हप्ताभित्र सकाउने गरी काम गरिरहेको महानगरले जनाएको छ । भट्टका अनुसार करिब साढे २ किलोमिटर सामाखुसी खोलामाथि रहेको कंक्रिट ढलानको संरचना हटाइसकेको छ । महानगरपालिकाले चालु आवको बजेट तथा कार्यक्रममा महानगर भित्र रहेको खोला, खोल्सीको संरक्षण गर्ने नीति पास गरेको भन्दै कार्यान्वयन सुरु भएको प्रवक्ता नवीन मानन्धरले बताए । ‘हामीले आफ्नो क्षेत्र भित्र पर्ने खोलाहरुको संरक्षण गर्ने नीति अनुसार नै छोपिएको खोला खोलेका हौं,’ प्रवक्ता मानन्धरले भने ।
स्थानीयहरु अहिलेसम्म ठुलो विरोध नगरेको भन्दै व्यक्तिको घर नचलाएको मानन्धरले बताए । महानगरका अनुसार खोलाको बीच भागबाट १३-१३ फिट फराकिलो बनाएर सामाखुसीमा सफा पानी बगाउने योजना रहेको छ । खोला मिचेर बनाएको संरचना हटाएर करिडोर निर्माण गर्ने र ढल निर्माण गरेर प्रशोधन केन्द्रमा लैजाने तयारी समेत गरेको बताइए ।
महानगरपालिकाले सामाखुसी नदी माथि बनेको स्ल्याब ढलान हटाउँदा स्थानीयल म्हैपी, रानीबारी, बसुन्धरा लगायत क्षेत्रमा नदि छेउमा पर्ने घरधनीहरुले महानगरको कदमको विरोध गर्दै आएका छन् । उनीहरुले जनतालाई दुख दिएर विकास नहुने बताएका छन् ।
तपाईको बिचार