भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउने

भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउने

967

काठमाडौँ, १८ साउन । भारतीय विदेशमन्त्री डा.एस जयशंकर नेपाल आउने भएका छन् ।

यहाँ आयोजना हुने नेपाल–भारत मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन जयशंकर नेपाल आउने भएका हुन् ।

आयोगको यो सातौँ बैठक हो । परराष्ट्रमन्त्री स्तरीय यो संयन्त्रलाई नेपाल–भारत सम्बन्धका सम्पूर्ण आयामलाई मूल्याङ्कन गर्ने म्यान्डेट दिइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार जयशंकर आगामी अक्टोबर महिनामा नेपाल आउनेछन् । यद्यपि यसको औपचारिक घोषणा भने गरिएको छैन । हालैमात्र बैंककमा आयोजित बिम्स्टेक रिट्रिटमा परराष्ट्रमन्त्री एनपी साउदले भारतीय समकक्षीसँग साइडलाइन वार्ता गरेका थिए । ‘नेपालका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग राम्रो छलफल । हाम्रो नेतृत्वले तय गरेको सहकार्यको एजेन्डालाई लागू गर्न नजिकबाट काम गर्ने सहमति भएको छ । हामीबीच सम्पर्क जारी रहने अपेक्षा गरेको छु,’ जयशंकरले बैठकपछि ट्वीट गरेका थिए ।

तपाईको बिचार

सम्बन्धित खबर