नारायणी नदीमा हाम फालेकी महिलाको मृत्यु

नारायणी नदीमा हाम फालेकी महिलाको मृत्यु

753

चितवन, १८ साउन । नारायणी नदीमा हाम फालेकी एक महिलाको उपचारका क्रममा मृत्यु भएकाे छ ।

प्रहरीका अनुसार आज बिहान नारायणी नदीकाे पुलबाट हाम फालेकी अन्दाजी ४५ वर्षीया महिलाको उद्धारपछि उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएकाे हाे ।

नदीमा हाम फालेकी महिलाकाे नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे टाेलीले उद्धार गरेकाे थियाे । महिलाकाे परिचय खुल्न बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।

तपाईको बिचार

सम्बन्धित खबर