अधिवक्ता भगवती पाण्डे रिहा

अधिवक्ता भगवती पाण्डे रिहा

819

काठमाडौँ,  १८ साउन । कानुन व्यवसायी भगवती पाण्डे ‘शीतल’ थुनामुक्त भएकी छन् ।

बुधवार जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गरेर म्याद थपका लागी अदालतमा उपस्थित गराएको थियो ।

अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि उनलाई ‘जिम्मा जमानी’मा थुनामुक्त गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । ‘शीतल’ले प्रमाण नष्ट गर्ने अवस्था नरहेको भन्दै अदालतले थुना बाहिर राखेर अनुसन्धान गर्न प्रहरीले आदेश गरेको छ ।

टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले मुस्लिम, मगर र तामाङ समुदायमा दाजु बहिनीबीच विवाह हुने अभिव्यक्ति दिएकी थिइन् । उनीविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमार सिंह घिसिङ र  नेपाल मगर सङ्घका ज्ञानेन्द्र पुनः ले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका थिए ।

तपाईको बिचार

सम्बन्धित खबर