निजामती ऐन चालु महिनामा टेबुल गर्ने तयारी छ : मन्त्री मोदी

निजामती ऐन चालु महिनामा टेबुल गर्ने तयारी छ : मन्त्री मोदी

769

ललितपुर, १४ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन चालु महिनामा नै संसदमा टेबुल गर्ने तयारीमा आफू रहेको बताएका छन् ।

शनिबार ललितपुरमा आयोजित आदिवासी थारु, कानुन न्याय तथा मानव अधिकार समाजले आयोजना गरेको साधारणसभामा बोल्दै मन्त्री मोदीले सो कुरा बताएका हुन् । मन्त्री मोदीले ऐनका सबै कामहरु सकेर आफूले रायका लागि अर्थ र कानुन मन्त्रालयमा पठाएको बताए । मन्त्री मोदीले ऐनमा सबैको भावना समेटिएको समेत उल्लेख गरे ।

‘मैले सबैसँग कुरा गरिसकेको छु, अर्थ र कानुन मन्त्रालयले पनि अब राय लेखेर पठाउँदैछ’ उनले भने, ‘सबै प्रक्रिया सकेर यहि महिनाभित्र यो ऐन टेबुल गर्ने तयारीमा छु । सरोकारवाला सबैलाई बोलाएर राय लिएको छु, सबैका भावनालाई ऐनमा समेट्ने प्रयास भएको छ ।’

तपाईको बिचार

सम्बन्धित खबर