परिसूचक १२.१६ अंकले बढ्यो

परिसूचक १२.१६ अंकले बढ्यो

751

काठमाडौँ, ३१ असार । आज नेप्से परिसूचक १२.१६ अंकले बढेर २०९७.०९ विन्दुमा बन्द भएको हो ।

गएको साताको अन्तिम कारोबार दिन १२.६२ अंकले घटेर बन्द भएको थियो । आज कारोबार रकम भने घटेको छ । दुई अर्ब ३७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बिहीबारको तुलनामा कारोबार रकम एक अर्ब दुई करोड रुपैयाँले घटेको हो । बिहीबार तीन अर्ब ३९ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

आज म्युचुअल फन्ड, ऋणपत्रलगायत २८६ धितोपत्रको ७१ लाख ८४ हजार २५४ कित्ता खरिद–बिक्री भएको छ । कारोबारमा आएका १३ मध्ये पाँच समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि म्युचुअल फन्ड समूहको भएको छ । म्युचुअल फन्ड समूहको २.०६ प्रतिशतले परिसूचक वृद्धि भएको छ ।

तपाईको बिचार