काठमाडौँ, २८ असार । पछिल्लो तीन दिनमा जिउँदो ब्रोइलर कुखुराको मासुको मूल्य किलोमा २० रुपैयाँले घटेको छ ।
२५ असारमा किलोमा १० रुपैयाँले घटेको मासुको कोल्ड स्टोर (जिउँदो कुखुरा) मूल्य बुधबार पुनः १० रुपैयाँले सस्तो भएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।
पछिल्लो पटक मूल्य घटेपछि ब्रोइलर कुखुराको मासुको मूल्य २९० रुपैयाँ कायम भएको छ । यसअघि ब्रोइलर कुखुराको कोल्ड स्टोर मूल्य ३१० रुपैयाँसम्म पुगेको थियो ।
तपाईको बिचार