धनुषा, १८ असार । जनयुद्धका सहिद परिवारले मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा तालाबन्दी गरेका छन् । सहिद प्रतिष्ठानले दिने घोषणा गरेको तीन लाख रुपैयाँ नदिएको भन्दै पीडितले मन्त्रालयमा तालाबन्दी गरेका हुन् ।
आज विभिन्न जिल्लाबाट आएका जनयुद्धका सहिद परिवारले मन्त्रालयमा तालाबन्दी गर्नुअघि मुख्यमन्त्री सरोजकुमार यादवलाई भेट्ने प्रयास गरेका थिए । तर, मुख्यमन्त्रीले भेट्न समय दिएनन् ।
मधेस सरकारले गत वर्ष नै जनयुद्धमा सहिद भएका परिवारलाई किस्ताबन्दीमा तीन लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो । प्रतिष्ठानले तीन वर्षसम्म एक/एक लाख उपलब्ध गराउने कार्यक्रमअन्तर्गत यसपटक सहिद परिवारका सदस्यले पैसा पाएका छैनन् । रासस
तपाईको बिचार