ललिता निवास प्रकरण : ३ जना रिहा

ललिता निवास प्रकरण : ३ जना रिहा

813

काठमाडौँ, १२ असार । ललिता निवासको जग्गा हिनामिना गरेको मुद्दामा पक्राउ परेका ३ जना रिहा भएका छन् ।

सरकारी लिखत किर्ते गरेर बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको कसुरमा सीआईबीले मीनबहादुर गुरुङसहित ७ जनालाई पक्राउ गरेको छ ।  मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेका सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा र हुपेन्द्रमणि केसीलाई प्रहरीले कागज गराएर रिहा गरेको छ । उनीहरूलाई हिरासतबाहिरै राखेर अनुसन्धान गरिने सीआईबीका प्रवक्ता (एसपी) नवराज अधिकारीले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दा विचाराधीन रहेकै अवस्थामा फेरि यसैसँग सम्बन्धित अर्को मुद्दामा पक्राउ नगर्न सर्वोच्च अदालतले पहिल्यै अन्तरिम आदेश दिएको पाइएपछि तीन आरोपीलाई छाडिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी नवराज अधिकारीले बताए । अधिकृतहरुका अनुसार ललितानिवासको २९९ रोपनी जग्गामध्ये १ सय १४ रोपनी जग्गा हिनामिना भएको थियो ।

तपाईको बिचार