काठमाडौँ, ८ असार । देशका विभिन्न भागमा आज वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस, वाग्मती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
यसैबीच, झापा तथा आसपासका क्षेत्रमा आज बिहान भारी वर्षा भएको छ । झापाको केचनालगायत नेपाल भारत सीमा आसपासका क्षेत्रमा भारी वर्षा भएको नेपाल फ्ल्ड अलर्टले जनाएको छ ।
तपाईको बिचार