गठबन्धनका उम्मेदवारलाई जिताउन सत्ता गठबन्धनका पाँच दलको आह्वान

गठबन्धनका उम्मेदवारलाई जिताउन सत्ता गठबन्धनका पाँच दलको आह्वान

647

काठमाडौँ । सत्ता गठबन्धनका पाँच राजनीतिक दलले आफ्ना आधिकारिक उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् । मंगलबार शीर्ष नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आह्वान गरेका हुन् ।

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि गठबन्धन दलबाट तनहुँ- १मा कांग्रेसका गोविन्द भट्टराई, चितवन- २ मा जीतनारायण श्रेष्ठ र बारा-२ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादवले उम्मेदवारी दर्ता गरेका छन् ।

गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी गराई निर्वाचनलाई परिणाममुखी बनाउन गठबन्धन दलका पार्टी पंक्ति एकीकृतरुपमा परिचालित हुन आवश्यक छ, विज्ञप्तिमा लेखिएको छ, यससर्थ, गठबन्धन दलका पार्टीका सदस्य, भ्रातृ एवं शुभेच्छुक संघ, संस्थारसंगठनका साथीहरु तथा शुभचिन्तक सबैको सक्रिय योगदानका लागि आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्न तथा गठबन्धनमा रहेका दलको सम्बन्धित प्रदेश, जिल्ला र उप(निर्वाचन हुने प्रतिनिधि सभा क्षेत्रसँग आवश्यक समन्वय गरी गठबन्धन दलका उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी बनाउन आ-आफ्नो तहबाट सम्पूर्ण पार्टी पंक्तिलाई व्यापक परिचालन गर्नु गराउनु हुन हार्दिक आह्वान गर्दछौं ।

प्रधानमन्त्रीरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गरेका हुन् ।

तपाईको बिचार