काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अहिलेपनि संविधानलाई कमजोर बनाएर उल्ट्याउने कसरत भइरहेको बताउनु भयो।
दाहालले माओवादीनिकट सहकारकर्मीहरूको भेलालाई सम्बोधन गर्दै संघीयता र समानुपातिक समावेशिता मन नपराउनेहरूबाट संविधान विरोधी गतिविधि भइरहेको बताउनु भयो।
उहाँले भन्नु भयो , ‘अहिले निकै चुनौतीपूर्ण अवस्थामा नेतृत्वको अवसर प्राप्त भएको छ। अर्थतन्त्रको कुरा सुनिराख्नुभएको छ। यसलाई पार लाउन सहज छैन। राजनीति पनि कुनै एउटा पार्टीको बहुमत छैन। मोर्चा गरेर नेतृत्व गरेका छौँ। सजिलो छैन। अप्ठ्यारो छ। तर, पनि चुनौतीपूर्ण अवस्थामा छौँ।’ सरकारले करिब/करिब पूर्णता पाएको छ। आजभोलि शतप्रतिशत नै पूर्णता पाउँछ होला। अब हाम्रो ध्यान नीति तथा कार्यक्रम र बजेट बनाउनेमा छ।
तपाईको बिचार