प्रधानमन्त्री प्रचण्ड र दक्षिण कोरियाका राष्ट्रपतिबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र दक्षिण कोरियाका राष्ट्रपतिबीच भेटवार्ता

727

काठमाडौँ, ५ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलबीच भेटवार्ता भएको छ ।

अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ७८औँ महासभाको ‘साइडलाइन’मा उनीहरूबीच स्थानीय समयानुसार बिहीबार भेटवार्ता भएको हो ।

“न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलसँग सौहार्दपूर्ण भेटवार्ता भयो । भेटका क्रममा द्विपक्षीय सम्बन्ध र पारस्परिक हितका विविध विषयमा छलफल भएको छ,” प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

तपाईको बिचार

सम्बन्धित खबर