प्रधानमन्त्री प्रचण्ड र डब्लूएचओका महानिर्देशक टेड्रोसबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र डब्लूएचओका महानिर्देशक टेड्रोसबीच भेटवार्ता

685

काठमाडौँ, ५ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको ७८ औं महासभाको साइडलाइनमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटवार्ता अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा बिहीबार भएको थियो । “भेटमा नेपाल र विश्व स्वास्थ्य संगठनबीचमा हुँदै आएका आपसी सहयोगका विविध क्षेत्रबारे छलफल हुनुका साथै जनस्वास्थ्यका विभिन्न विषयमा अझ प्रभावकारी सहकार्य गर्ने समझदारी बनेको छ,” प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

तपाईको बिचार

सम्बन्धित खबर