नेपाल बक्सिङ महासंघबाट खेलाडीहरुको विदाई तथा खेल पोशाक वितरण

नेपाल बक्सिङ महासंघबाट खेलाडीहरुको विदाई तथा खेल पोशाक वितरण

936

काठमाडौँ, ३ असोज । नेपाल बक्सिङ महासंघले आसन्न १९ औ एशियाली खेलअन्तर्गत बक्सिङ खेलमा सहभागि हुने १३ तौल समुहका खेलाडीहरु लगायत अफिसियलहरुलाई महासंघको तर्फबाट विदाई तथा खेल पोशाक वितरण गरेको छ ।

यहि सेप्टेम्बर २१ देखि अक्टुबर देखि अक्टुबर ८ तारिखसम्म मित्र राष्ट चिनको हन्जाओमा हुने एशियन गेम्समा बक्सिंग विधाका खेलहरु सेप्टेम्बर २४ तारिखबाट शुरु हुनेछन । उक्त विदाई कार्यक्रमसंगै खेलाडीहरुलाई स्पोर्टस साईक्लोजिष्ट डाक्ठर ईन्द्र गुरुङ्ग लगायतको टिम र योग गुरु एवम महासंघका सचिव पुष्कर राज पन्तले सहभागी खेलाडीहरुलाई मोटिभेटशनल प्रशिक्षण तथा खेलाडीहरुको जीत मानसिकता अभिबृद्धि गर्ने प्रयोगात्मक विधिहरु सिकाएका थिए ।

वल्र्ड ट्रेड सेन्टरमा आयोजित उक्त विदाई कार्यक्रममा नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले, वरिष्ठ उपाध्यक्ष अर्जुन ब. केसी, उपाध्यक्षहरु सविन भट्टाचार्य, ओम नारायण श्रेष्ठ, राम बहादुर गिरि, श्यामकाजी अवाले, महासचिव मान बहादुर भण्डारी, सचिव पुष्कर राज पन्त, महासंघका सदस्यहरु सुमन कुमार केसी, गोबिन्द डंगोल, रेखा थापामगर, सुनिता महर्जन, बागमती प्रदेश बक्सिंग संघका अध्यक्ष धन कुमार मैनाली, निवर्तमान प्रमुख प्रशिक्षक प्रकाश थापामगर, ओलम्पियन मान बहादुर श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।

तपाईको बिचार