काठमाडौँ, २२ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा टिकट दिने परिपाटी बदल्नुपर्ने बताएका छन् ।
आज सिन्धुपाल्चोकको बाह्रबिसेमा आयोजित कार्यक्रममा बोल्दै उनले दाइले भाउजूलाई टिकट दिने परिपाटी १५औँ महाधिवेशनबाट बदलिने बताए ।
उनले भने, “टिकट बाढ्ने अधिकार दाइलाई दिनुभयो भने भाउजूलाई टिकट दिन्छ । दाइले भाउजूलाई दियो भन्ने सन्दर्भमा नदिने अवस्था कसरी बनाउने ?,” “यो परिपाटी बदल्ने तरिका छ । १५औँ महाधिवेशनबाट बदलौं न त ।”
उनले पार्टी सदस्यहरूको मतदानबाट नै सांसद, गाउँपालिका अध्यक्ष, मेयरको उमेदवार चयन हुने बताए । “सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नम्बर १ को सांसद को बन्ने भन्ने विषय माथि बस्ने कुनै अमूक दाइले होइन यही सिन्धुपाल्चोकको पार्टीको सदस्यहरूको मतदान हुन्छ त्यो मतदानबाट जसले सबैभन्दा बढी मत पाउने व्यक्ति सांसदको उमेदवार हुन्छ,” थापाले भने ।
तपाईको बिचार