सुन प्रकरण: थप एक जना पक्राउ, पक्राउ पर्नेको सङ्ख्या २७ पुग्यो

सुन प्रकरण: थप एक जना पक्राउ, पक्राउ पर्नेको सङ्ख्या २७ पुग्यो

745

काठमाडौँ, २२ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा थप एक जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिव कुमार सराफ छन् ।

बारा घर भएका सराफलाई पक्राउ गरिएको  ब्युरोका एक जना अधिकृतले रातोपाटीलाई बताए । सराफको भूमिकाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ मा बरामद गरेको सुनको तस्करी गरेको आरोपमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या २७ पुगेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर