काठमाडौँ, १२ भदौ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले संसदीय समितिको नेतृत्वको विषयलार्ई लेनदेनसँग गाँसेर प्रचार गरेकोप्रति पार्टीको ध्यानाकर्षण भएको बताएका छन् ।
यूएई र साउदी अरबको भ्रमणबाट स्वदेश फर्किएका अध्यक्ष लिङ्देनले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै संसदीय समितिको नेतृत्व लिइराख्दा कुनै प्रकारको लेनदेनको सहमति नभएको बताए ।
कोसीमा सभामुख र मन्त्री प्राथमिकताको विषय नभएको र राप्रपाले चाहे सत्ता गठबन्धनबाट मुख्यमन्त्री नै प्राप्त गर्न सक्ने गणितीय अवस्था रहेको उनको जिकिर थियो । यसअघि नै गठबन्धनमै पनि वाग्मती र कोसीको सभामुख राप्रपाले लिने सहमति भए पनि त्यहाँको अङ्कगणितलाई हेरेर आफूहरुले नलिएको उनको भनाइ छ ।
त्यस्तै, उनले कोसी प्रदेशमा राप्रपाले चाहेर पनि अहिलेको सरकारलाई सहयोग गर्ने वा विश्वासको मत दिने चरण समाप्त भइसकेको बताएका छन् ।
तपाईको बिचार