सरकार सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने काममा लागिरहेको छ : मन्त्री खड्का

सरकार सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने काममा लागिरहेको छ : मन्त्री खड्का

747

काठमाडौँ, ९ भदौ । उपप्रधान एवं रक्षामन्त्री तथा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकार सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने काममा लागिरहेको बताएका छन् ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा सुशासन, भ्रष्टाचार, अनियमितताको नियन्त्रण समग्र अभियानलाई वर्तमान सरकार केन्द्र भागमा राखेर अघि बढिरहेको उल्लेख गरे ।

उनले भने, ‘अहिलेको सन्दर्भमा कुरा आइसकेको छ, मुलुकमा सुशासन, भ्रष्टाचार, अनियमितताको नियन्त्रण समग्र अभियानलाई वर्तमान सरकार, वर्तमान प्रधानमन्त्री नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालजीको नेतृत्वमा नेपाली कांग्रेस, समाजवादी, जसपा, लोसपा, जनमत, लगायतका पार्टीहरु मिलेर अहिले हामी सरकार चलाइरहेका छौँ’ ‘नेपाली कांगे्रस सरकारमा गएको अहिले लगभग साढे ४ महिना बितेको छ । सुशासन, भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा एउटा संकल्पसहित हामी अघि बढिरहका छौं ।’

उनले सरकार दोषी छुट्नुहुँदैन र निर्दोष फस्नु हुँदैन भन्ने पक्षमा काम गरिरहेको समेत बताए । ‘कमजोरीलाई सुधारेर विशेष अभियान चलाउनका लागि मुख्यसचिव एउटा टोली बनाएर लाग्नुभएको छ । सुशासनको कार्ययोजना तयार पारेर जनताले पाउने सेवा समयमा पाउनका लागि हमीले पहल गरिरहेका छाँै’ उपप्रधानमन्त्री खड्काले भने, ‘अब यो महिनाभित्रै त्यो कार्ययोजना तयार भएर मन्त्रिपरिषद्ले पास गरेर कार्ययोजनामार्फत नेपाल सरकार र देशसँग जोडिएका सम्पूर्ण संयन्त्रहरुलाई सुशासनको कार्ययोजनाको घेराभित्र अनुशासति बनाउँदै आम नेपाली जनतामा एउटा नयाँ खालको प्रभाव, सरकारबाट दिनुपर्ने सेवामा नयाँ पनको गतिको अनुभव आम नागरिकले मशसुस गर्नेगरी सरकारले गरिरहेको छ ।’

तपाईको बिचार

सम्बन्धित खबर