राष्ट्रपति पौडेल र गभर्नर अधिकारीबीच भेटवार्ता

राष्ट्रपति पौडेल र गभर्नर अधिकारीबीच भेटवार्ता

761

काठमाडौँ, ८ भदौ । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ ।

आज राष्ट्रपति निवासमा पुगेर गभर्नर अधिकारीले राष्ट्रपति पौडेललाई हालको आर्थिक अवस्थाको बारेमा जानकारी गराएका हुन् ।

शितल निवास स्रोतका अनुसार राष्ट्रपति पौडेलले हालको आर्थिक अवस्थाको बारेमा चासो देखाएका थिए । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग राष्ट्रपति पौडेलले भेट गरेका थिए । त्यसको लगतै उनले गभर्नरसँग भेट गरेका हुन् ।

तपाईको बिचार

सम्बन्धित खबर