ट्रम्पले रिपब्लिकन पार्टीको बहसमा भाग नलिने

ट्रम्पले रिपब्लिकन पार्टीको बहसमा भाग नलिने

699

एजेन्सी, ४ भदौ । डोनाल्ड ट्रम्पले राष्ट्रपतिको उम्मेदवारीका लागि आफ्ना रिपब्लिकन प्रतिद्वन्द्वीसँगको बहसमा भाग नलिने बताएका छन् ।

पूर्व राष्ट्रपतिले नयाँ सर्वेक्षणले २०२४ को चुनावमा पार्टीको उम्मेदवार बन्न अन्य प्रतिद्वन्द्वीभन्दा ‘ठुलो सङ्ख्यामा’ समर्थन रहेको देखाएको बताए ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले भने, ‘जनतालाई थाहा छ म को हुँ र मेरो राष्ट्रपतीय कार्यकाल कत्तिको सफल भयो ।’ रिपब्लिकन पार्टीले आफ्नो राष्ट्रपतिको उम्मेदवार छनोट गर्न अगस्ट २३ मा पहिलो बहस गर्नेछ । दोस्रो बहस सम्भवतः अर्को दिन हुनेछ । आगामी महिनामा कम्तीमा थप दुई बहसको अपेक्षा गरिएको छ ।

तपाईको बिचार