एनआरएनएको ११ औँ विश्व सम्मेलन राष्ट्रपतिले उद्घाटन गर्ने

एनआरएनएको ११ औँ विश्व सम्मेलन राष्ट्रपतिले उद्घाटन गर्ने

771

काठमाडौँ, १ भदौ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ विश्व सम्मेलन राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने भएका छन् ।

एनआरएनएका कार्यकारी अध्यक्षद्वय डा बद्री केसी र  कुल आचार्यसहितको टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिहीबार भेटेर सो सम्मेलनको उद्घाटन सत्रका लागि निमन्त्रणा दिएको हो ।

सङ्घको ११ औँ महाधिवेशन तथा विश्व सम्मेलन अक्टोवर १७ देखि २० सम्म काठमाडौँमा हुँदैछ ।   टका अवसरमा सङ्घका अध्यक्ष डा केसीले सम्मेलनको तयारी बारे   राष्ट्रपतिलाई जानकारी गराएका थिए ।  पौडेलले सो सम्मेलनमा उपस्थित हुने प्रतिबद्धता जनाएका थिए ।

सोही अवसरमा सङ्घका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीलाई नागरिकता प्राप्तिको लागि मार्ग प्रशस्त गरेकोमा धन्यवाद व्यक्त गरे ।

तपाईको बिचार

सम्बन्धित खबर