सुनील शर्माले फेरि मागे गृहमन्त्रीको राजीनामा

सुनील शर्माले फेरि मागे गृहमन्त्रीको राजीनामा

791

काठमाडौँ, २९ साउन । नेपाली कांग्रेसका सांसद सुनीलकुमार शर्माले फेरि पनि गृहमन्त्रीको राजीनामा मागेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै शर्माले भने, ‘यो राज्यसत्ताले मुलुकका सुन तस्करका नाइकेहरूको राजीनामा मागेपछि मलाई गिरफ्तार गरियो । यो देशका प्रधानमन्त्री र गृहमन्त्री आतंकाकरीको नेतृत्व गर्नुहुन्छ कि कसको ?’ ‘यो प्रजातान्त्रिक सिस्टममा बोल्न पनि पाइँदैन र राजीनामा माग्न पाइँदैन भने अनि जनताको अवस्था के हुन्छ ?’

साथै उनले अहिलेको गृहमन्त्रीले विनाशर्त राजीनामा गर्नुपर्ने भन्दै आफू अन्तिमसम्म यही माग अघि सार्ने भन्दै यदि  गृहमन्त्रीले राजीनामा नगरे संसदमै अनसन बस्ने घोषणा गरे ।

तपाईको बिचार

सम्बन्धित खबर