अध्यक्ष ओली र सांसद शर्माबीच भेट

अध्यक्ष ओली र सांसद शर्माबीच भेट

777

काठमाडौँ, २८ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सांसद सुनील शर्माबीच आइतबार भेट भएको छ ।

शर्मा एमाले अध्यक्ष ओलीलाई भेट्न आइतबार विहान ९ बजे उनको निवास बालकोट पुगेका थिए । उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो । थुनामुक्त भएपछि शर्माले आफ्नो बाबुसमान भन्दै एमाले अध्यक्ष ओलीको प्रशंसा गरेका थिए । शर्माले १० साउनको प्रतिनिधिसभा बैठकमा सुन तस्करी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले राजीनामा दिनुपर्ने धारणा राखेका थिए ।

नक्कली प्रमाणपत्रको छानबिनका लागि भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार शर्मालाई पक्राउ गरेको थियो । शुक्रबार जिल्ला अदालतले थुनामा राख्न नपर्ने आदेश दिएपछि शर्मा रिहा भएका थिए ।

तपाईको बिचार

सम्बन्धित खबर