जातका आधारमा घृणा पैदा भयो भने देश जोगाउन सकिँदैन : अध्यक्ष ओली

जातका आधारमा घृणा पैदा भयो भने देश जोगाउन सकिँदैन : अध्यक्ष ओली

777

काठमाडौँ, २५ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जातका आधारमा घृणा भयो भने देश जोगाउन नसकिने बताएका छन् ।

आज विश्व आदिवासी दिवसको अवसरमा च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले पहिचान देशको हितका लागि हुनुपर्ने बताए । पहिचानको मुद्दा विभेद, विद्वेषका लागि नभएर मित्रता बढाउनका लागि भएको उनको भनाइ छ ।

“यदि कुनै पनि हिसाबले हामीलाई जातजाति केहीका नाममा सेन्टिमेन्टल बनाएर, भावनामा बगाएर कसैले हामीबीच विद्वेष, घृणा र फाटो ल्याउन सफल भयो भने हाम्रो देशको अस्तित्व समाप्त हुन्छ,” ओलीले भने, “त्यतिबेला हाम्रो देश जोगिँदैन । जोगाउन सकिँदैन ।”

राष्ट्रिय एकताले मात्रै देश अघि बढ्न सक्ने उनको भनाइ छ । “हामीमा विविधता छ । यर्थाथ हो । विविधतामा समाजिक सद्भाव, सामाजिक सद्भावमा आधारित एकता,” ओलीले भने, “राट्रिय एकताले मात्रै देशको रक्षा हुन्छ देशको विकास हुन्छ ।”

तपाईको बिचार

सम्बन्धित खबर