सभापति देउवाले बोलाए संसदीय कार्यसमिति बैठक

सभापति देउवाले बोलाए संसदीय कार्यसमिति बैठक

795

काठमाडौँ, २५ साउन । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको कार्यसमितिको बैठक बोलाएका छन् ।

आज अपरान्ह ४ बजे देउवा निवास धुम्बाराहीमा दलको कार्यासमिति बैठक बस्न लागेको हो । कांग्रेसको संसदीय दलको कार्यसमितिमा दलका नेता देउवासहित, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतकमा सुशीला थिङ छन् । देउवाले बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङलाई पनि बोलाउने गरेका छन् ।

तपाईको बिचार

सम्बन्धित खबर