प्रधानन्यायाधीश सिफारिस भएका श्रेष्ठविरूद्ध उजुरी दिन १० दिनको समय

प्रधानन्यायाधीश सिफारिस भएका श्रेष्ठविरूद्ध उजुरी दिन १० दिनको समय

742

काठमाडौँ, २४ साउन । संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा सिफारिस भएका विश्वम्भरप्रसाद श्रेष्ठविरूद्ध उजुरी आह्वान गरेको छ ।

बुधबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै समितिले श्रेष्ठविरूद्ध उजुरी आह्वान गरेको हो । प्रधानन्यायाधीश पदमा श्रेष्ठलाई नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार र सबुत प्रमाणसहित १० दिनभित्र उजुरी दिन समितिले आग्रह गरेको छ ।

त्यस्ता व्यक्तिहरूले सचिवालयको ठेगानामा पत्राचार वा सोझै सिंहदरबारस्थित सचिवालयको कार्यालय पुगी सूचना वा उजुरी दिन सक्नेछन्।

तपाईको बिचार