काठमाडौँ, २२ साउन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कारण प्रतिनिधि सभामा उत्पन्न गतिरोध अन्त्य गर्न मंगलबार बिहान पुनः छलफल हुने भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे १० बजे सभामुख देवराज घिमिरे सहित प्रधानमन्त्री, सत्तापक्ष दलका नेता, प्रमुख प्रतिपक्षी दलका नेताहरुबीच छलफल हुने भएको हो ।
सोमबार दुई चरणमा भएको छलफलबाट सहमति ननिस्किएपछि भोलि बिहान पुनः बैठक बस्ने तय भएको छ । सुन तस्करीको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा लिएको अडान र सत्तापक्षले पनि सो छानबिन समिति आवश्यक नभएको भन्दै लिएको अडानका कारण आज बसेका २ वटा बैठकबाट सहमति निस्कन सकेन । प्रतिनिधिसभाको बैठक बस्न नसक्दा कानुन निर्माणको काममा ढिलाई हुनुका साथै जनसरोकारका विषय संसदमा उठ्न पाएको छैन ।
तपाईको बिचार