प्रहरीका तल्लो दर्जाका कर्मचारीले १६ वर्षमै पेन्सन पाउने प्रस्तावमा अर्थको असहमति

प्रहरीका तल्लो दर्जाका कर्मचारीले १६ वर्षमै पेन्सन पाउने प्रस्तावमा अर्थको असहमति

719

काठमाडौँ, २१ साउन । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तल्लो तहका कर्मचारीले सेवा प्रवेशको १६ वर्षमै निवृत्तिभरण पेन्सन पाउने व्यवस्था तत्काल कार्यान्वयन नहुने भएको छ ।

दुवै संगठनले आफ्नो नियमावलीमा भएको तत्लो तहका कर्मचारीको हकमा २० वर्षे व्यवस्थालाई संशोधन गरेर १६ वर्ष कायम गर्न गृह मन्त्रालयसमक्ष प्रस्ताव पठाएका थिए । सो प्रस्ताव गृहले स्वीकृत गर्दै अर्थ मन्त्रालयमा पठाएको थियो ।

अर्थ मन्त्रालयले तत्काल सो प्रस्तावमा सहमति हुन नसक्ने राय गृहलाई दिएको छ । १६ वर्षमै पेन्सन हुँदा राज्यकोषमा ठूलो व्ययभार पर्ने भन्दै अर्थले प्रस्तावप्रति असहमति जनाएको हो ।

तपाईको बिचार

सम्बन्धित खबर