सिन्धुपाल्चोकमा राष्ट्रिय युवा संघको वृक्षरोपण

सिन्धुपाल्चोकमा राष्ट्रिय युवा संघको वृक्षरोपण

907

चौतारा, २० साउन । राष्ट्रिय युवा संघ नेपाल सिन्धुपाल्चोक जिल्ला कमिटीले आज सदरमुकाम चौतारामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

चौताराको रानिपोखरीमा आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोख्रेल,नेताहरु शेरबहादुर तामाङ, गोकुल बास्कोटा, गुरु बराल र जिल्ला स्तरीय पार्टी तथा युवा संघका नेताहरुको सहभागीता रहेको थियो । राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटीको एक महिने वृक्षरोपण अभियान अन्तर्गत यस कार्यक्रम जिल्लामा पनि आयोजना गरिएको केन्द्रीय सदस्य अभिषेक तिवारीले जानकारी दिनुभयो ।

उक्त कार्यक्रम अब जिल्लाको सबै पालिकामा संचालन गरिने जिल्ला अध्यक्ष सुरज लामाले जानकारी दिनुभयो । कार्यक्रममा कल्की, असारे फुल, आम्बा, धुपी,  कर्बिर फुल,शिशिर लगाएतका बोट बिरुवा हरु रहेका छन् । जिल्ला कमिटीले संरक्षण गर्ने छ ।

तपाईको बिचार

सम्बन्धित खबर