काठमाडौँ, २० साउन । राष्ट्रपति रामचन्द्र पौडेल शनिवार आफ्नो निजी निवास बोहोराटार पुगेका छन् ।
राष्ट्रपतिमा निर्वाचित भएर शीतल निवास सरेपछि पौडेल पहिलोपटक बोहोराटार पुगेका हुन् । निजी निवास पुगेपछि उनले निवास वरिपरि बगैंचाको अवलोकन गरेका थिए भने उनलाई भेट्नेहरुको भीड लागेको थियो ।
तपाईको बिचार