काठमाडौँ, १५ साउन । संसदीय समिति नेतृत्वविहीन रहेका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन् ।
आज बिहान प्रधानमन्त्रीलाई भेटेर त्यसबारेमा ध्यानाकर्षण गराइएको प्रतिनिधिसभामा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
समितिबाट नीति–नियम तर्जुमाको काम गर्नुपर्ने भन्दै उनीहरूले सभापति नहुँदा असहज भएको बताएका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले आफू यस विषयमा ‘सिरियस’ भएको र केही दिनमै सभापति चयन गर्ने गरी अघि बढ्ने बताएको उनले जानकारी दिए ।
सो अवसरमा प्रधानमन्त्रीसित संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा समेत कुराकानी भएको परियारले बताए ।
तपाईको बिचार