जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक सहितको गुणस्तरीय सेवा विस्तार गर्न सांसद सापकोटाको माग

539

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश कुमार सापकोटाले सबै सरकारी अस्पतालमा विशेषज्ञ चिकित्सक सहितको सेवा प्रदान गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले दूरदराजमा अहिले पनि विशेषज्ञ चिकित्सकको अभावमा नागरिक स्वास्थ्य सेवाबाट बञ्चित हुनुपरेको भन्दै सबै सरकारी स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सक सहितको सेवा प्रदान गर्न माग गरेका हुन्।

जनशक्तिको अभावमा धेरै सरकारी भवनहरू भग्नावशेष अवस्थामा पुगेको भन्दै उनले दक्ष जनशक्ति र विशेषज्ञको व्यवस्था गरेर सम्पूर्ण जिल्ला अस्पतालको सेवा सुधार गर्न सरकारसमक्ष माग गरेका छन्।

प्रत्येक जिल्ला अस्पतालमा एमडीजीपी, शल्यचिकित्सक लगायतका दक्ष जनशक्तिको विकास गरेर जिल्ला अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन उनले माग गरेका छन्।

स्थानीय तहका स्वास्थ्य संस्थामा बजेट खनाए पनि तिनबाट पर्याप्त उपलब्धि हुन नसकेको भन्दै उनले जिल्ला अस्पताललाई थप सुविधा सम्पन्न बनाउन सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माग गरे।

तपाईको बिचार