६ जना जुवाडे पक्राउ

६ जना जुवाडे पक्राउ

767

काठमाडौँ, १३ साउन । काठमाडौँमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–१६, कुमारीथान बस्ने विजय थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार राति उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सोही ठाउँमा बस्दै आएकी झापाको कनकाई नगरपालिका–२ घर भएकी ३५ वर्षीया पदमा मगरसहित ६ जना छन् । प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरूलाई नगद दुई लाख चार हजार ७१५ रुपैयाँ र एक बुक ताससहित पक्राउ गरेको जनाइएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर