काठमाडौँ । रजिष्ट्रार सिफारिसमा भ्रष्टाचार गरेको आरोप लगाउँदै संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालमाथि कालोमोसो दलेर दुर्व्यवहार गरिएको छ ।
नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) का कार्यकर्ताले आइतबार बिहान काठमाडौँस्थित उहाँ बस्दै आएको निवासमै पुगेर उपकुलपति नेपालमाथि कालोमोसो दलेको बताएका छन् ।
अखिल ९क्रान्तिकारी० का अनुसार उपकुलपति नेपालले रजिष्ट्रार सिफारिस गर्ने क्रममा आर्थिक लेनदेन गरेको आरोप छ । साथै, उपकुलपति नियुक्त हुनुभन्दा करिब सात दिनअघि संस्कृत विश्वविद्यालयअन्तर्गतको अनुसन्धान केन्द्रमा ताला लगाएर विश्वविद्यालयको नियमित शैक्षिक तथा प्रशासनिक गतिविधि अवरुद्ध बनाएको दाबी गरिएको छ ।
संगठनले विश्वविद्यालयको अवस्था अत्यन्त नाजुक हुँदाहुँदै पनि त्यसतर्फ कुनै गम्भीर चासो नदिइ ठेकेदारहरूसँग कमिसन खाने रजिष्ट्रारलाई संरक्षण गर्दै कार्यकारी परिषद्को बैठक बोलाई विधिविपरीत भुक्तानी गर्ने निर्णय गरिएको आरोप समेत लगाएको छ ।
घटनापछि विश्वविद्यालय परिसर र राजनीतिक वृत्तमा चासो बढेको छ भने उपकुलपति नेपालको तर्फबाट भने यस विषयमा औपचारिक प्रतिक्रिया आएको छैन ।
तपाईको बिचार