काठमाडौं, १० भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली महिलाहरुको महान सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण आमा, दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, एकता र दीर्घायु जीवनको शुभकामना व्यक्त गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै नेपाली महिलाहरुले तीजलाई परम्परागत सांस्कृतिक पर्वको रुपमा मनाउँदै आएको मौलिक पक्षको संरक्षण गर्नुका साथै समाजमा आएका परिवर्तनलाई आत्मसात् गर्दै लैङ्गिक समानता र सामाजिक सशक्तीकरणको अवसरका रुपमा लिनुपर्ने विश्वास व्यक्त गरेका छन्।
“तीज पर्वले पारिवारिक सद्भाव, आपसी एकता, सु–स्वास्थ्य र सामाजिक सशक्तीकरणलाई अझ मजबुत बनाउन सहयोग पुग्नेछ,” प्रधानमन्त्री प्रचण्डको सन्देशमा उल्लेख छ।
तपाईको बिचार