सुन तस्करी प्रकरणबारे एमालेले सरकारको जवाफ माग्ने

सुन तस्करी प्रकरणबारे एमालेले सरकारको जवाफ माग्ने

677

काठमाडौँ, १० साउन । नेकपा (एमाले)ले सुन तस्करी प्रकरणबारे सरकारको जवाफ माग्ने भएको छ । आज बसेको संसदीय दलको बैठकले सुन तस्करीबारे सरकारबाट जवाफ माग्ने निर्णय गरेको सांसद रघुजी पन्तले जानकारी दिए ।

उनले भरियालाई मात्र पक्राउ गरेर नहुने भन्दै सुन ल्याउने मुख्य मान्छेलाई नै कारबाहीको दायरामा ल्याउनुपर्ने एमालेको धारणा रहेको बताए । “सुन तस्करीमा जो जो संलग्न छन्, उनीहरू सबै पक्राउ पर्नुपर्छ । त्यसका लागि हामी जोडदार आवाज उठाउँछौँ,” पन्तले भने ।

तपाईको बिचार

सम्बन्धित खबर