रास्वपाको सचिवालय बैठक बस्दै

रास्वपाको सचिवालय बैठक बस्दै

637

काठमाडौं, १९ असार । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।

बैठक कार्यवाहक सभापति डीपी अर्यालको आह्वानमा बिहान ११ बजे बस्न लागेको हो ।

बैठक केन्द्रीय कार्यालय वनस्थलीस्थित चःमतिमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए ।

झाका अनुसार बैठकमा समसामयिक राजनीति, पार्टीभित्रको आन्तरिक छलफलका साथै आगामी कात्तिक १७ गते रूपन्देही–३ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनबारे छलफल हुनेछ ।

तपाईको बिचार