काठमाडौ २५ जेठ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको सचिव पदमा विद्यार्थी नेतृ रेखा न्याैपानेले उम्मेदवारी दिने भएकी छिन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अनेरास्ववियुकाे सचिव पदमा उम्मेदवारी दिने घाेषणा गरेकी हुन् । १५ वर्षको उमेरदेखि अनेरास्ववियुको राजनितिमा होमिएकी न्याैपाने विभिन्न तह पार गर्दै हाल कार्यलय विभाग उपप्रमुखकाे भुमिकामा छिन् । उनले १९ वर्षको उमेरमा २०७२ सालको २२ औं महाधिवेशनमा पहिलो पटक प्रतिनिधित्व गरेकी थिईन् ।
“अग्रजले लडेको आन्दोलन, गरेका त्यागहरू, लेखिएको इतिहास र त्यसको निरन्तरता दिन, नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै संगठनलाई अझ सशक्त बनाउने र वैचारिक अनुशासन, कार्यगत एकता र संगठनात्मक नवीकरणको मार्गमा अघि बढाउने दृढ अठोटसहित मैले यो बाटो रोजेको हुँ”, उनले भनिन् ।
धेरै दिनदेखिको विचार विमर्श, साथीहरू बिचको सल्लाह, अनुभवी अग्रजहरूको मार्गदर्शन र आत्ममूल्याङ्कन पछि आफुले अनेरास्ववियुको सचिव पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको उनले बताईन् ।
“यो निर्णय कुनै व्यक्तिगत आकांक्षा वा पदको मोहले हैन, संगठनप्रति निष्ठापुर्ण संघर्षसिल लामो आस्था, विद्यार्थी आन्दोलनप्रतिको प्रतिबद्धता र परिवर्तनशील समयसँग जुझ्ने नेतृत्वदायी भूमिकाको संकल्प सहितको प्रतिबध्दता बोध गर्दै लिएको हुँ”, उनले भनिन् ।
आज र भाेली अनेरास्ववियुको २४ औं महाधिवेशन काठमाडौंमा हुँदैछ ।
तपाईको बिचार