विकासका लागि संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था उत्तम : उपप्रधानमन्त्री सिंह

विकासका लागि संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था उत्तम : उपप्रधानमन्त्री सिंह

698

काभ्रे १७ जेठ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले विकासका लागि अहिलेका राजनीतिक व्यवस्था नै उत्तम व्यवस्था भएकाे बताउनुभएकाे छ ।

नेपाली कांग्रेस मण्डनदेउपुर नगर कार्यसमितिकाे कार्यालयमा शनिवार आयाेजित संक्षिप्त कार्यक्रममा उहाँले विगतमा र अहिले विकासमा धरै परिवर्तन आएकाे बताउनुभयाे ।

`विगतमा कस्ताे थियाे र अहिले विकासकाे क्षेत्रमा के के परिवर्तन आएकाे छ आफैले मनन् गर्ने र नयाँ पुस्तालाई पनि बुझाउन जरूरी छ । ०४६ पछि विकासका धेरै काम भएका छन्,´ उपप्रधानमन्त्री सिंहले भन्नुभयाे,` विकासका लागि संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधानअनुसारकाे व्यवस्था नै उत्तम व्यवस्था हाे ।´

उहाँले ०४६ सालपछि लाेकतन्त्र पुन: स्थापनासँगै शिक्षा,स्वास्थ्य,सडक,खानेपानी लगायतमा क्रमिक विकास भएकाे पनि बताउनुभयाे । काभ्रे नगर कार्यसमितिले काभ्रेमा किसानहरूले मलकाे समस्या बेहाेर्नुपरेकाे भन्दै उपप्रधानमन्त्री सिंहकाे ध्यानाकर्षण गराएका थिए ।

साे क्रममा उहाँले कृषि मन्त्रीसँग कुरा गरेर मलकमे समस्या हुन नदिनका लागि आवश्यक पहल गर्ने प्रतिवेद्दता पनि जनाउनुभयाे । उपप्रधानमन्त्री सिंह काभ्रेमा रहँदा डेडीथुम्का माध्यमिक विद्यालयकाे वार्षिकाेत्सवमा सहभागी हुनुहुनेछ ।

तपाईको बिचार

सम्बन्धित खबर