२०८२ सालभित्र १५ औँ महाधिवेशन गर्न महामन्त्री थापाको प्रस्ताव

२०८२ सालभित्र १५ औँ महाधिवेशन गर्न महामन्त्री थापाको प्रस्ताव

769

काठमाडौँ, ८ साउन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८२ सालभित्रै पार्टीको १५ औँ महाधिवेशन गर्न प्रस्ताव गरेका छन् ।

आज पार्टी केन्द्रीय समितिको जारी बैठकमा बोल्दै थापाले भने, ‘चुनावको मुखमा महाधिवेशन हुँदा पार्टीको आन्तरिक द्वन्द्वको असर चुनावमा देखियो । ०८२ सालमा जसरी पनि महाधिवेशन गर्नुपर्छ ।’

त्यस्तै उनले आफूले बोल्न बन्द गरेर पार्टीको समस्या हल नहुने बताएका छन् । उनले भने, ‘बाहिर जे–जे कुरा आएका छन् त्यो सबै प्रायोजित छन् । पार्टीगत रूपमा एउटा समस्या छ । महामन्त्री अलि बढी बोल्छ । त्यसले बोल्न बन्द गरेर मौन व्रत राख्यो भने पार्टीको सबै समस्या हल हुन्छ ।’

उनले महामन्त्री मौन बस्यो भने ठिक हुन्छ भन्ने कुराले पार्टी दुर्घटनामा पर्ने पनि बताए ।  ‘मलाई के लाग्छ सभापतिज्यू । मलाई के लाग्छ भने यसले हामीलाई दुर्घटनातिर लान्छ,’ उनी भन्छन्, ‘यो अहिलेको समय न आत्मनिन्दा गर्ने बेला हो न सक्यो सक्यो भनेर सबै ठिक छ भन्ने बेलामा हो । यो बेलामा हामी सम्हालिनुपर्छ ।’

तपाईको बिचार

सम्बन्धित खबर